३० पुष २०७४, आईतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान गरेकी छिन्।

पुत्र प्रकाशको असामयीक निधनपछी निराश सीतालाई सुगर, प्रेसर र थाइराइडको समस्या बढेपछी स्वास्थ्य जाँचको लागी दिल्ली लैजान लागीएको हो । उनको साथमा भरतपुरकी मेयर समेत रहेकी छोरी रेणु दाहाल र गंगा दाहाल समेत रहेका छन्।

केही समय अघि मात्र लाजीम्पाट स्थीत निवासमा रहँदा सीतालाई निन्द्रा नलाग्ने टोलाईरहने समस्या बढेपछी उनकै आग्रहमा प्रचण्डले निवास खुमलटारमा सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV