३० पुष २०७४, आईतवार

काठमाडौँ,पुस ३० । सरकारले प्रदेश प्रमुख र राजधानी तोक्ने विषयमा तदारुक्ता देखाएको जनाउँदै आएपनि हालसम्म कुनै निर्णय लिन नसक्दा सरकारको काम कारवाहीप्रति थप प्रश्न चिन्ह् उभिन थालेको छ । दलीय सहमतिबाट मात्रै प्रदेश प्रमुृख नियुक्ति गर्ने सरकारले जनाएपनि सर्वदलिय बैठक आह्वान नगर्दा प्रदेश प्रमुख र राजधानीको विषय पेचिलो बन्दै गएको छ ।

प्रदेश प्रमुख नियुक्तिको विषयमा दलीय सहमति जुटाउने भन्दै पटक-पटक बसेको मन्त्रिपरिषद बैठकमा छलफल भएपनि कुनै निष्कर्षमा भने नपुग्दा राजनीतिक दलहरुबीच थप विवाद बढ्दै गएको छ । दलीय सहमति बाट मात्रै अगाडि बढ्ने अडान लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म सर्वदलीय बैठक नबोलाउँदा राजनीतिक दलहरुले सत्ता लम्ब्याउने कार्यमा सरकार लागेको बताउँदै आएको छ । यता निर्वाचन आयोग भने सरकारलाई पटक-पटक प्रदेश प्रमुख नियुक्ति गर्न आग्रह गर्दै आएको छ । कानुनअनुसार प्रदेशसभा निर्वाचनको परिणाम ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ ।

आयोगले प्रदेशसभा समानुपातिक परिणाम केही दिनअघि नै तयार पारिसकेको छ । मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक बाध्यताका कारण आयोगले प्रधानमन्त्रीलाई तत्काल प्रदेश प्रमुख नियुक्ति गर्न पटक-पटक ताकेता गर्दै आएको छ। यता कांग्रेस र एमालेलाई दुई्दुई, माओवादी, राजपा, संघीय समाजवादी फोरमलाई एक्एकको भागबन्डा गर्ने प्रस्तावमा सहमति नहुँदा नियुक्तिको विषय अन्यौलमा परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV