३० पुष २०७४, आईतवार

काठमाडौँ । नेपाल प्रहरीमा दर्ता भएका करिव ८५ प्रतिशत उजुरी आर्थिक अपराधसँग जोडिएका छन् । तथ्यांकअनुसार कुल उजुरीको ८५ देखि ९० प्रतिशत हिस्सा बैंकिङ कसुर, ठगी, अंशवण्डा विवाद, चोरी/डकैती, जबर्जस्ती चन्दा/फिरौती असुल, चेक बाउन्स लगायतका वित्तीय अपराधका घटनासँग सम्बन्धित छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रहरीका अनुसार वित्तीय अपराधबाट वार्षिक १८ देखि २० अर्ब रूपैयाँभन्दा बढी नोक्सान भएको दावीसहित संस्थागत र व्यक्तिगत रूपमा उजुरी पर्ने गरेको छ ।व्यक्ति हत्या, अपहरण, चोरी(डकैती, बैंक(वित्तीय संस्थाको रकम हिनामिना, चेक बाउन्स, अवैध हातहतियार तथा लागूपदार्थ ओसारपसार, सुन तस्करी, विदेशी मुद्रा अपचलनदेखि अंशवण्डा र वैदेशिक रोजगारी ठगीका नाममा ठगी पछिल्ला दिनहरूमा हुने गरेका आर्थिक अपराधमा आधार भएको प्रहरीले जनाएको छ ।

आर्थिक लेनदेनमा पारिवारिक कलह हुँदासमेत बर्सेनि २ हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । अपराध बढ्नुको मूल कारणलाई प्रहरीले गरिबी, प्रतिशोध, वैदेशिक रोजगारी, अंशवण्डा विवाद, छिट्टै सम्पत्ति आर्जन गर्ने अभिलाशा, असफल प्रेम, प्रविधिको दुरूपयोग, अरुको उक्साहट लगायतलाई औंल्याएको छ । बाँकी अपराधका घटना भने आबेग, प्रतिशोध, रिसइवी र निराशका कारण हुने गरेको अनुसन्धानमा संलग्न ती अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV