३० पुष २०७४, आईतवार

बर्दिया – जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ।

मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको ठहर प्राविधिक टोलीले गरेपछि अनिमियतताको तथ्य खुलेको हो । २६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मधुवन नगरपालिका–८ देखि नेपाल–भारत सीमामा पर्ने मुर्तिहासम्म १८ किलोमिटर सडक मापदण्डविपरीत छ । यस्तै ढोढरी–भुरिगाउँ र ढोढरी–राजापुर गरी ७९ करोड रुपैयाँ लागतमा हुलाकी सडक निर्माण हुँदैछ। आजको नागरिक दैनिकमा खबर छ ।

ठेकेदारले मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको प्राविधिक टोलीको ठहरपछि अनियमितता पुष्टि भएको हो ।
सडकको तीनै खण्ड निर्माणको जिम्मा पप्पु, आशिष र शर्मा जेभी कम्पनीले पाएको छ। गुलरिया नगरपालिकाभित्र पर्ने हुलाकी सडकमा मापदण्डविपरीत काम भइरहेकोे मेयर मुक्तिनाथ यादवले बताए । ‘सडकमा प्रयोग गरिएका निर्माण सामग्री आँखैले देखेर जो कोहीले पनि मापदण्डविपरीत रहेको थाह पाउँछ’ उनले भने, ‘सडक पटानीदेखि थिकनेससम्म मापदण्डविपरीत छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV