३० पुष २०७४, आईतवार

एजेन्सी । ला लिगा अन्तर्गत साबिक विजेता रियल म्याड्रिड उसैको घरेलु मैदानमा पराजित भएको छ । भिल्लारियलले रियल १० रियलले पराजित गरेको हो । ला लिगामा रियलविरुद्ध भिल्लारियलको यो पहिलो जित हो ।

८७ औं मिनेटमा पाब्लो फोर्नाल्सको एकमात्र गोल निर्णायक गोल भयो । रियलले पहिलो हाफको १४ औं मिनेटमा गोल गरेपनि ग्यारेथ बेलको गोललाई अफसाइडका कारण मान्यता दिइएन । पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो ।

खेलको ८७ औं मिनेटमा काउन्टर एट्याकमा फोर्नाल्सले भ्रमणकारी टोलीलाई विजयी गोल दिलाए । पहिलो पटक इनेस उनाल्सको प्रहार गोलकिपर नाभासले रोकेपनि फोर्नाल्सले रिबाउन्डमा गोल गर्दै भिलारियललाई अग्रता दिलाए । रिबाउन्डमा पाएको बललाई गोलकिपर नाभासमाथि चालाखीपूर्ण चिप गर्दै उनले गोल गरे ।

यो हारसंगै रियलको १७ खेलमा ३२ अंक छ । चौथो स्थानमा रहेको रियल शिर्ष स्थानको बार्सिलोना भन्दा १६ अंक तल छ । त्यस्तै २८ अंक सहित भिल्लारियल छैटौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV