२९ पुष २०७४, शनिबार

पाँचथर । समृद्ध मुलुकको सपना पूरा गर्न सबैको योगदान उतिकै आवश्यक रहन्छ । सरकार वा राजनीतिक दलका नेता मात्र होइन आम नागरिकको कर्तव्य पनि कम आवश्यक हुँदैन ।

तर, विकास निर्माणमा ठेकेदार कम्पनीहरुको लापरवाही र उदासिनता समस्याको रुपमा देखा पर्दै गएको छ । पाँचथरमा पनि यस्तै देखिएको छ ।

पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका जोड्ने सडक अझै निर्माण हुन सकेको छैन । २०७२ असार २७ गते सडक निर्माणका लागि सम्झौता भएको थियो । सम्झौतामा १५ महिनाको समय तोकिएको छ । तर दुई वर्ष नाघिसक्दा पनि सडक यात्रा गर्ने रहर पूरा हुन सकेको छैन ।

फिदिम नगरपालीका र फालेलुङ गाँउपालिकाका नागरिकलाई यातयातमा राहत पूग्ने गरी निर्माण गरिएको सडकको काम ढिलाइ र गुणस्तरहिन बनेको भन्दै सर्बसाधारणले गुनासो गरेका छन् ।

त्रिपल आर अन्र्तगत नेपाल सरकारको १६ करोडको लागतमा धूुलाम्य सडकलाई बाह्रैमास चल्ने गरी निर्माण थालिएको थियो । गुणरस्तरहिन सडक बनेको भन्दै स्काभेटर प्रयोग गरी सडक भत्काउने काम समेत भयो । अधिकांश सडक पर्खाल कम्जोर बनेपछि प्राबिधिको परामर्शमा स्थानीयबासीले भत्काएका थिए ।

निर्माणलाई गति दिन र गुणस्तरयुक्त बनाउन जिल्ला समन्वय समितिबाट पटक पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले अटेर गर्दै आएको छ । आधा दर्जन बढि लिखित तथा मौखिक रुपमा निर्देशन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । पाँचथरको फिदिम फालोट ८५ किलोमिटरको ग्रामीण सडक मध्ये फिदिम नांगिनसम्मको १० किलोमिटरको काममा दिलाइ भैरहेको हो ।

जिल्ला प्राबिधिको अनुगमनमा गजुरमुखी निर्माण कम्पनीले बिभिन्न बाहनावाजी गर्दै आएको छ । त्यतिमात्र होइन निर्माण कम्पनीले काममा बाधा पु¥याउने जस्ता क्रियाकलाप भएको बताएको छ ।

समयमै सडक नबन्दा त्यस भेगका नागरिकलाई दैनिक उपभोग्य बस्तु खरिद गर्न आवत जावतमा समस्या भोग्नु परेको छ । सडकको सास्तीले समस्या थपिदै गएपछि विकासे मोह बोकेका स्थानीय अहिले निर्माण प्रक्रिया देखेर वाक्क दिक्क भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV