२९ पुष २०७४, शनिबार
  • तारा आचार्य,

मोरङ । यसैबीच बहुप्रतीक्षित राष्ट्रिय सभा निर्वाचनका लागि एक नम्बर प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा स्थापना गरिएको छ ।

विराटनगरमा हुने निर्वाचनका लागि खोलिएको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले गर्नुभयो । उहाँले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन सबैको सहयोग आवश्यक भएको बताउनु भयो । एक नम्बर प्रदेशको निर्वाचन विराटनगर स्थित वीरेन्द्र सभागृहमा नै गरिने बताइएको छ ।

३ जना महिला, एक जना दलित वा अल्पसंख्यक, एक जना अपांग र ३ जना खुला गरी ८ सदस्यका लागि निर्वाचन हुने बताइएको छ । प्रदेश नं. १ मा १३७ स्थानीय तहका २७४ मेयर उपमेयर, प्रमुख उपप्रमुख तथा ९३ जना प्रदेश सभा सदस्य गरी कुल ३६७ जनाले मतदान गर्नेछन् ।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ७ गते देखि निर्वाचनका कार्यक्रमहरु निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV