२९ पुष २०७४, शनिबार

कैलाली । धनगडीमा जारी खप्तड गोल्डकप फुटबलमा नेपाल आर्मी फाइनलमा पुगेको छ । कैलालीको धनगढीमा शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १ – १ गोल गरे । मनाङका लागि हेमन गुरुङले १ गोल गरे । आर्मीले उपाधिका लागि भोली हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV