२९ पुष २०७४, शनिबार

रुपन्देही । पाल्पा र रुपन्देहीको सीमा नजिकै सिद्धबाबामा सुख्खा पहिरोे खस्दा सडक अवरुद्व भएको छ । पहिरो खसेको २ घण्टा सम्म पनि अबरुद्ध सडक खोल्न नसकेपछि यात्रुहरु थप मारमा परेका छन् ।

लामो तथा छोटो दुरीका सवारी साधन सयौंको संख्यामा अलपत्र परेका छन् । माथिबाट ठूलो ढुङ्गा खसेपछि सडक अबरुद्ध भएको थियो । यस क्षेत्रमा पटक पटक यस्ता समस्या दोहरिने भएपनि यसको स्थायी समाधान नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

बाटो खुलाउने कुनै प्रयास नभएपछि यात्रुहरु चिन्तित भएका छन् । पाल्पा, गुल्मी स्याङ्जा लगायतका स्थानमा जाने सवारीका साधन र बुटवलतर्फ आउने सवारीका साधनहरु बीच सडकमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV