२९ पुष २०७४, शनिबार

बुटवल । सडकमा ढुंगा खसेर बुटवल पाल्पा सडकखण्ड अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै पहरोबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।

पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । सडक खाली भएको अबस्थामा ढुंगा खसेकाले ठूलो क्षति हुन नपाएको हो ।

कुहिरे भीरमा अड्किएको ढुंगो खस्दा सडक पूर्ण रुपमा ठप्प बनेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । अहिले सवारी र यात्रुहरुको आवाज जावत पनि ठप्प रहेको छ ।

अहिले सडक खुलाउने प्रयास भरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक निकै सांघुरो भएकालेढुंगा नपन्छाएसम्म सडकमा सवारी संचालन गर्न सकिने अबस्था नरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV