२९ पुष २०७४, शनिबार

काठमाडौं । डा. गोविन्द केसीले सरकारसँग ५ बुँदे सम्झौता गरेसँगै आमरण अनसन अन्त्य गरे पनि प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । उनले भने: ‘पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ ।

जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV