२९ पुष २०७४, शनिबार

साउदी अरबका महिलाहरुले पनि अब फुटबल प्रतियोगीतामा सहभागिता जनाउन पाउने भएका छन्। शुक्रबार पहिलो पटक फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास रचेका छन् ।

जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहरुले नयाँ स्वतन्त्रताको उपभोग गर्दै पहिलो पटक सहभागी भएका हुन्।

यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो। अब आफ्ना परिवारजनसँग फुटबल प्रतियोगीता हेर्न वा र प्रतियोगीतामै सहभागी हुन पनि सरकारले खुला गरेको छ।

हालै मात्र साउदी अरबको सरकारले किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई खुला गरेको हो। रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रवेशद्वार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ।

यस वर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाउन र सिनेमाघरमा गएर फिल्म हेर्न पाइने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV