२९ पुष २०७४, शनिबार
  • कविन्द्र शेर्मा,

पाँचथर । स्वाथ्य चौकीबाट सेवा लिन आएका पाँचथरका सर्वसाधारणले भने जस्तो सेवा नपाएको गुनासो गरेका छन् । पाँचथर जिल्लाका अधिकांश स्वास्थ्य चौकीबाट सेवा लिने क्रममा स्वास्थ्यकर्मी नहुनु, औषधि नपाउनु र पूर्वाधारको अभावमा सर्वसाधारणले सेवा नपाएको गुनासो गरेका हुन् ।

त्यसै गरी भौगोलिक कठिनाइका कारण पनि कतिपय स्वाथ्य चौकीबाट नागरिकले भनेजस्तो सेवा पाउन सकेका छैनन् ।

स्वाथ्यकर्मी, औषधि, साधरण यन्त्र उपकरण र पूर्वाधार अभाव तथा भौगोलिक कठिनाइले सामान्य उपचार समेत दिन नसकेको पाँचथर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर पवनकुमार साहको भनाइ छ ।

पाँचथरमा एक अस्पताल, दुइ प्राथमिक स्वाथ्य केन्द्र, २४ स्वाथ्य चाकी, २३ उपस्वाथ्य चौकी, ४ आयुर्बेदिक औषधालय छन् । तर कतिपय स्वाथ्य चौकीबाट सामान्य उपचार समेत हुन नसक्ने अवस्था पनि छन् ।

यस्ता समस्याका कारण स्वाथ्यकर्मीबाट चाहे जस्तो सेवा प्रवाह गर्न नसकेको डाक्टर साहको भनाई छ ।

पाँचथरको सुदुर उत्तर याङ्वरक गाँउपालिकाको च्याङथापु, फलैचा, फालेलुङ गाँउपालिकाको मेमेङ्, प्राङ्बुङ, सुदुर दक्षिण मिक्लाजुङ गाँउपालिकाको लिम्बा, दुरदिम्बामा यस्तो समस्या खेप्नु परेको हो ।

सामान्य उपचार पाउन नसेका सर्बसाधरणलाई सेवा लिन सदरमुकाम फिदिम बजार पुग्न बाध्य छन् । त्यसमा पनि घण्टौ समय लाग्ने गरेको सर्वसाधारणको दुखेसो छ ।

स्वाथ्य जस्तो अति संवेदनशील विषयमा सर्वसाधरणले सर्वसुलरुपमा स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद पक्ष बनेको छ । मौलिक अधिकारकोरुपमा सुरक्षित स्वास्थ्य सेवाको सुलभ पहुँचमा ध्यान दिन सरकारले थप तदारुकता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV