२९ पुष २०७४, शनिबार

एजेन्सि । उत्तर कोरिया आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमको कारण विश्वकै टाउको दुखाई बनेको र एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न परेका थिए ।

उत्तरको एक क्षेप्यास्त्र परीक्षण गलत हुन पुगेको र त्यो क्षेप्यास्त्र उसकै एक शहरमा खसेको थियो । ‘द डिप्लोम्याट’ मा प्रकाशित एक विश्लेषणमा यस घटनाबारे उल्लेख गरिएको छ । यसलाई सम्पादक अंकित पान्डा र अमेरिकाका जेम्स मार्टिन सेन्टर फर नन प्रालिफरेशन स्टडीजका रिसर्चर डेव सिजमर्लरले तयार गरेका हुन् । अमेरिकी सरकारी सुत्रका अनुसार सो क्षेप्यास्त्र परीक्षण सही तरिकाले हुन नसकेपछि आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।

बिबिसीसँगको कुराकानीमा अंकित पान्डाले भने, ‘सो क्षेप्यास्त्रमा के गडबडी भएको थियो, कसैलाई थाहा छैन ।’उनले भने, ‘जुन समय क्षेप्यास्त्र लञ्च गरियो, इन्जिनले काम गर्न छाड्यो र आफ्नो क्षेत्र छाड्न सकेन । डेव सिजमर्लरका अनुसार क्षेप्यास्त्र खसेको ठाउँमा ठूलो कालो धब्बा देखिएको थियो । अप्रिलमा परीक्षण असपल भएपछि मेमा पुनः यसको परीक्षण गरिएको थियो जसमा भने उत्तर सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV