२९ पुष २०७४, शनिबार

एजेन्सि। भारतका हिमाली भेगको अत्यन्तै विकट स्थानमा बस्ने  सबै स्थानीयवासीहरु दैनिक सुविधाको अभावमा गाउँ छाडेर  गएका छन्। तर एक बहादूर जलन्दर नायक नाम गरेका पिताले भने हिम्मत हारेनन् ।

आफ्ना तीन छोरालाई पढाउन २ वर्षसम्म दैनिक पहाडका ढुङ्गा फुटाएर ८ किलोमिटरको बाटो निर्माण गरेको छ । आफ्ना छोराहरु नजिकैको शहरमा पढ्ने भएकाले उनीहरुका लागि सुरक्षित बाटो निर्माण गर्न उनले दुई वर्षदेखि लगातार ८ घण्टा काम गर्ने गरेको भारतीय सञ्चार माध्यममा रहको छ । जलन्दर नायक व्यक्ति ओढिसा गुमसाहीका एकमात्र वासिन्दा हुन् । उनले केबल हम्मर र बेल्चाको प्रयोग गरेर ८ किलोमिटरसम्मका चट्टानहरु फुटाई शहरसम्म पुग्ने बाटो निर्माण गरिसकेको बताइएको छ ।

आफ्ना तीन छोराले सजिलैसँग विद्यालय जान पाऊन् भन्ने मनसायले उनले यस्तो काम थालेको उनको भनाइ छ । उनको लक्ष्य अझै तीन वर्षसम्म यसैमा लागि परेर १५ किलोमिटरसम्मको बाटो बनाइ गाउँलाई नजिकैको फुलबानी शहरसम्म जोड्नु रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV