२९ पुष २०७४, शनिबार

म्याड्रिड– स्पेनिस ला लिगा फुटबलमा आज डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र भिल्लारियलको खेल हुँदै छ । खेल नेपाली समयअनुसार राति ९ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुँनेछ ।

पछिल्लो समय लिगमा खराव प्रर्दशन गदै आएको रियल १७ खेलबाट ३२ अंकका साथ तालिकाको चौंथो स्थानमा रहेको छ । यस सिजन रियललाई ला लिगा फुटबलको उपाधि जित्न कठिन देखिएको छ ।

पछिल्लो खेलमा रियलले सेल्टा डि भिगोसँग २–२ को बराबरी खेल्दै अंक बाडेको थियो । यता आज रियलसँग भिड्न लागेको भिल्लारियल भने तालिकाको छैटौं स्थानमा छ ।

रियलका स्ट्राइकर करिम बेन्जेमा र डिफेन्डर सर्जियो रामोस घाइते रहेकाले आजको खेलमा ग्यारेथ बेल र ड्यानी कार्भाजलले सुरुवाती ११ मा खेल्ने सम्भावना प्रवल छ ।

ला लिगाको पहिलो स्थानमा १८ खेलबाट ४८ अंक जोड्दै बार्सिलोना शिर्ष स्थानमा रहेको छ । त्यस्तै ३९ अंकका साथ एथ्लेटिकको मड्रिड दोस्रो तथा ३७ अंकका साथ भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV