२९ पुष २०७४, शनिबार

एजेन्सी । बेलायतको म्यासाचुसेट शहरमा एउटा घरको भित्ताभित्र ७३ वर्षअघि लेखिएको प्रेमपत्र फेला परेको छ । सहरको एउटा घर पुनर्निर्माण गर्ने क्रममा घरको पर्खाल भत्काइएको थियो ।

पर्खालभित्र हातले लेखेको एउटा पत्र पाइएको थियो । सो पत्र एकजना पुरुषले प्रेयसीका नाममा लेखेका हुन् । सो घर पटक–पटक खरिद–बिक्री भइसकेकाले पत्र लेख्ने व्यक्ति को हो भन्ने पत्ता लागेको छैन ।

बेलायती पत्रिका ‘डेली मेल’का अनुसार पत्र लेख्ने व्यक्ति पत्ता लगाउने जमर्को म्यासाचुसेट प्रहरीले गरिरहेको छ । पत्र लेख्ने व्यक्तिले आफ्नो नाम वाल्टर बताएका छन् ।

पूरा नाम चिठीमा खुलाइएको छैन । सन् १९४४ को अप्रिल १९ मा दोस्रो विश्वयुद्ध समाप्त हुनुभन्दा केही महिनाअघि चिठी लेखिएको हो । ग्रिनफिल्डनिवासी बेट्टी मिलरलाई सम्बोधन गर्दै चिठी लेखिएको छ।

‘प्रिय बेट्टी, मैले सदैव तिमीलाई सम्झिने गरेको छु । अन्य युवतीभन्दा बढ्ता तिमीलाई नै सम्झिने गरेको छु । तिमीप्रतिको मेरो त्यो भावना अझै कायम छ,’ चिठीमा लेखिएको छ ।

चिठी लेख्ने व्यक्ति को हो र चिठीलाई किन र कसले पर्खालभित्र राख्यो भन्नेबारे प्रहरीले समेत चासो देखाएको छ । म्यासाचुसेट प्रहरीले आफ्नो फेसबुक पेजमा सो पत्र राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV