२९ पुष २०७४, शनिबार

एजेन्सी । फिल्म ‘हेट स्टोरी’ को चौथो सिरिज ‘हेट स्टोरी ४’ को रिलिज मिति सारिएको छ । फिल्म निर्माण युनिटको पछिल्लो निर्णय अनुसार फिल्म मार्च ९ तारिखमा रिलिज हुने जानकारी गराएका छन् ।

अभिनेत्री उर्वशी रौतेला र करन वाही अभिनित थ्रिलर फिल्म यसअघि मार्च २ मा रिलिज हुने तय गरिएको थियो ।

यस फिल्मबाट पन्जाबी फिल्मकी अभिनेत्री इहाना ढिल्लन बलिउडमा डेब्यू गर्दै छिन्। लन्डनमा सुटिङ गरिएको फिल्ममा सुरज पन्चोली र गुरमीत चौधरी पनि देखिनेछन्।

उर्वशीले ट्विट गर्दै फिल्म ९ मार्चमा रिलिज हुने उल्लेख गरेकी थिइन् ।

निर्देशक विशाल पान्ड्याले लेखेका छन्, ‘भिडन्तबाट बच्नका लागि मिति थोरै पछाडि सारिएको छ। तर, सुरुवात गरेपछि पछाडि हट्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV