जुत्ता सिलाउनेको हातदेखि जुस पिउदै डा. गोविन्द केसीले अनसन तोडे



प्रकाशित मिति : Jan 13, 2018

काठमाडौं । सोमबारदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा.गोविन्द केसीले आज अनसन तोडेका छन्।

त्रिवि शिक्षण अस्पतालअघि जुत्ता सिउँदै आएका सिरहाका मोहित मोचीले केसीलाई जुस पिलाई अनसन तोडाएका हुन । शुक्रबार साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भएपछि अनसन तोड्न सहमत भएको थियो ।

केसी र सरकारबीच चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको छ। सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उहाँलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com