रियल म्याड्रिड भिल्लारियलको सामना गर्दै आज



प्रकाशित मिति : Jan 13, 2018

एजेन्सी। रियल म्याड्रिड आज भिल्लारियलसँग भिड्दै छ । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार रातिको ९ बजे खेलिने छ । रियल हाल तालिकाको चौथो स्थानमा रहेको छ भने भिल्लारियल छैटौं स्थानमा रहेको छ ।

भिल्लारियलले आफ्नो पछिल्लो लिग खेलमा डेपोर्टिभोसँग १-१ को बराबरी खेलेको थियो । रियल म्याड्रिडले पनि सेल्टा भिगोसँग २(२ को बराबरी खेलेको थियो । रियलको १७ खेलमा ३२ अंक रहेको छ । रियल भिल्लारियलसँग पछिल्ला १६ खेलमा अपराजित भएको छैन ।

क्रिस्टियानो रोनाल्डो र बेलको अग्रपंक्तिको जोडिले सो लय कायम गर्ने दाउका साथ मैदानमा उत्रिने छ । खेल नेपाली समयअनुसार रातिको ९ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा खेलिने छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com