शेरबहादुर देउवा नेतृत्वका अधिकांश मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएनन (सूची सहित)



प्रकाशित मिति : Jan 13, 2018

मनोज पराजुली

कानूनत कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको दुई महिनामा सम्पत्ति विवरण सर्वजनिक गर्नुपर्छ । तर, शेरबहादुर देउवा नेतृत्वका अधिकांश मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएका छैनन् । माओवादीबाट मन्त्री बनेकाहरु त विवरण नै नबुझाई बाहिरिए । अन्य, मन्त्रीहरु पनि विवरण नबुझाई बाहिरिने निश्चित जस्तै छ ।

प्रतिपक्षी दलसँग माओवादीले हिमचिम बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई विना विभागीय बनाइदिए । नैतिकताकै कुरा गर्ने हो भने, माओवादीबाट मन्त्री बनेकाहरुले त्यही दिन सरकारबाट राजीनामा दिनु पर्ने थियो । तर, विभिन्न वहानामा माओवादीबाट मन्त्री बनेकाहरु राज्यकोष दोहनमा निरन्तर सक्रिय भए । उनै मन्त्रीहरुले राज्यलाई सम्पत्ति विवरण देखाउन आवश्यक ठानेनन् । राज्यलाई छलेरै बाहिरिए ।

सम्पत्ति विवरण नबुझाउँने माओवादीका राज्यमन्त्रीहरु :
१. मोहम्मद जाकिर हुसेन, तत्कालीन महिला बालकालिका तथा समाज कल्याण राज्यमन्त्री
२. रामसिंह यादव, तत्कालीन स्वास्थ्य राज्यमन्त्री
३. श्यामकुमार श्रेष्ठ, तत्कालीन गृहराज्यमन्त्री
४. छमबहादुर गुरुङ, तत्कालीन शहरी विकास राज्यमन्त्री
त्यसो त सम्पति विवरण नबुझाउनेमा माओवादी मन्त्रीहरु मात्र होइनन् । अन्य पार्टीबाट मन्त्री बनेकाहरुले समेत सम्पत्ति विवरण बुझाएका छैनन् । वर्तमान सरकारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री छन् । उनले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
सम्पत्ति विवरण नबुझाउँने मन्त्रीहरु
१. कमल थापा, उपप्रधानमन्त्री
२. दीपक बोहरा, स्वास्थ्यमन्त्री
३. सुनिलबहादुर थापा, उद्योगमन्त्री
४. महेन्द्र यादव, खानेपानी तथा सरसफाइमन्त्री
५.अम्बिका बस्नेत, सहकारी तथा गरीबी निवारणमन्त्री
सम्पत्ति विवरण नबुझाउँने राज्यमन्त्रीहरु
१. कुन्तीकुमारी शाही
२. सीता गुरुङ
३. अब्दुल रज्जाकगद्दी
४. तप्तबहादुर विष्ट
५. डिल्लीबहादुर चौधरी
६. तेजुलाल चौधरी
७. जनकराज चौधरी
८. सुमित्रा थरुनी
९. विराज बिष्ट
१०. सुशीलकुमार श्रेष्ठ
सार्वजनिक पद धारण गरेको जो कसैले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ । तर, अधिकांश मन्त्रीहरुले सम्पत्ति विवरण बुझएका छैनन् । तर, वर्तमान मन्त्रिपरिषद् बिघटनको दिन नजिकिएको छ । मन्त्रीहरुको आचारण हेर्दा, शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी धेरै मन्त्री सम्पति विवरण नबुझाई बिदा हुनेछन् । विदा हुने बेला नजिकिए पनि कानूनमन्त्री यज्ञबहादुर थापा भने मन्त्रिपरिषद् बैठकमा यो विषय गम्भीरतापूर्वक उठाउँने बताउँछन् ।

कानूनत कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउँनुपर्ने व्यवस्था छ । तर, वर्तमानका धेरै मन्त्री सम्पत्ति विवरण नै नबुझाई बाहिरिने निश्चित जस्तै छ । के कानूनको उल्लंघन गर्ने छुट मन्त्रीहरुलाई दिइएको छ र ?

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com