कैलालिको लम्कीमा बस दुर्घटना : १३ घाइते, १ को अवस्था गम्भीर



प्रकाशित मिति : Jan 13, 2018

कैलालिको लम्की चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् भने १ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायण्ीा यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहान लागेको हुस्सुका कारण सडकमा विपरित दिशाबाट आएको गाडी नदेखिँदा बस एक आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा परि घाईते मध्य १ जना को अवस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरीको भनाई छ । घाईतेहरुको लम्कीस्थित घोडाघोडि अस्पतालमा उपचार भईरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com