माइत हिँडेकी महिला मृत फेला



प्रकाशित मिति : Jan 13, 2018

खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी ५२ वर्षीया निम्दु तामाङ शुक्रबार मृत फेला परेकी छन् । उनी ऐँसेलुखर्ककै ओढारेस्थित माइती घर जानेक्रममा बुधबारदेखि बेपत्ता थिइन् ।

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमा अल्झिरहेको भेटिएको वडाध्यक्ष झनकुमार राईले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको बताइएको छ । रासस

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com