२८ पुष २०७४, शुक्रबार

काठमाडौं । थारु समुदायको नया वर्षको अवसरमा राजधानी मनाउदै आएको थारु राष्ट्रिय माघी महोत्सको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

विगत केहि वर्षदेखि थारु समुदायको नयाँ वर्ष तथा माघ ेसंक्रान्तिको अवसरमा राजधानीमा नियमित रुपमा मनाउदै आएको माघी महोत्सवको सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको हो ।

माघीको अवसरमा सरकारले एक दिन सार्वजनिक विदाको व्यवस्था गरेपनि थारु समुदायको नयाँ वर्ष र विषेश महत्वको पर्व भएकाले २ दिन विदा दिनु पर्ने माग थारु समुदायले गर्दै आएका छन् ।

महोत्सव पुष ३० देखि माघ १ गते सम्म संचालन हुने छ । महोत्सवमा थारु संस्कृति झल्किने विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV