२८ पुष २०७४, शुक्रबार

काठमाडौं । तातोपानी नाका पुनःसञ्चालनका सम्वन्धमा दई देशबीच पटक पटक छलफल भइरहेको चीनका लागि नेपाली राजदुत लीलामणि पौडेलले जानकारी दिनुभएको छ ।

शुक्रवार तातोपानी नाकाको पुनःसञ्चालन गर्ने सम्वन्धमा आयोजित कार्यक्रममा चीनकालागि नेपाली राजदूत लीलामणि पौडेलले तातोपानी नाकाको पुनः संचालनका लागि दुई देशबीच छलफल भइरहेको र त्यसका लागि पुर्वाधारको समेत मर्मत सम्भार गर्नु पर्ने भएकोले त्यस तर्फ समेत सरोकारवालाहरुले ध्यान दिनु पर्ने वताउनु भयो ।

कार्यक्रमका वक्ताहरुले चाँडो भन्दा चाँडो नाकाको पुनःसञ्चालन गर्न पहल गर्नु पर्ने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV