२८ पुष २०७४, शुक्रबार

अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने निर्णय गरेपछि त्यस विषयमा पाकिस्तानमा व्यापक मात्रामा चर्चा सुरु भएको समाचार छ ।

बिगत लामो समयदेखि दिँदै आएको सहयोग अमेरिकाले रोक्ने हालै जनाएको थियो । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहका विरुद्धको कारबाहीलाई सशक्त बनाउन नसकेको भन्दै आफूले दिँदै आएको सो सहायता रोक्ने निर्णय गरेको समाचार हालै आएको थियो ।

अमेरिकी राष्ट्रपतिले गर्नुभएको सो निर्णयपछि यसका कारण कुन कुन क्षेत्रमा के कस्तो प्रभाव पार्ने हो भन्ने बारेमा पाकिस्तानमा चर्चा सुरु भएको समाचारहरुमा जनाइएको छ ।

यद्यपि अमेरिकाले भने कुन कुन क्षेत्रको सहयोग के कति मात्रामा रोक्ने हो भन्ने बारेमा भने केही बताएको छैन ।

पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।

उनीहरुका बिरुद्ध सशक्त रुपमा कारबाही नगर्दासम्म अमेरिकाले दिँदै आएको उक्त सहायता निलम्बन गर्ने अमेरिकी विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ ।

अहिले नै के कति मात्रामा उक्त सहायता रकम वा सहायता रोक्न लागिएको हो भन्ने बारेमा अमेरिकाले पनि केही भनेको छैन । आफै पनि आतङ्कवादका विरुद्धमा लडिरहेको पाकिस्तानका लागि भने यस रकमले पनि ठूलो असर पार्न सक्ने देखिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरुद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।

त्यस समय अल कायदा भनिने आतङ्कवादी संगठनले न्युयोर्कमा हमला गरेको थियो । सो हमलाका विरोधीहरुलाई कारबाही गर्नेभन्दै पाकिस्तानले अमेरिकाबाट अरबौँ डलर सहायता प्राप्त गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV