२८ पुष २०७४, शुक्रबार
  • लोकेन्द्र खनाल,

रुकुम । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताउनुभएको छ । उहाँले सडकमा कोहि कराउँदैमा केहि नहुने जिकिर पनि गर्नुभयो ।

रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै प्रधान्यायाधीश पराजुलीले आफु सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर पनि गर्नुभयो ।

अनसनरत डा. गोविन्द केसीलाई प्रक्राउ गर्ने आदेश दिएपछि उहाँको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रको बारेमा आलोचन हुँदै आएका छ ।

आफुले पेश गर्ने ठाउँमा प्रमाण पेश गरि सकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न आवश्यक नरहेको उहाँको भनाई छ । विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केहि शक्तिहरुले लागिपरेका पनि त्यो दिवास्वप्न मात्र हुने उहाँको धारणा छ ।

न्यायालय राजनीतिक तथा अन्य कुनै शक्तिवाट परिचालित नभएको भन्दै सधै न्यायको पक्षमा अदालत रहेको पनि प्रधानन्यायाधीश पराजुलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV