पालुंगो साग खानाले आँखामा चमक देखि अनुहारको दागधब्बा चट



प्रकाशित मिति : Jan 12, 2018

काठमाडौं । हरियो साग पालुंगोको नियमित रूपमा खानाले मानिस स्वास्थ्य रहन्छ । पालुंगोमा शरीरका लागि आवश्यक अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् ।

पालुंगोमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ । यसले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् । छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ ।

पालुंगो र कागतीको रसका दुई वा तीन थोपामा ग्लिसरिन मिसाएर छालामा दलेर सुत्ने बेलामा लगाउँदा छाला सुक्खा हुन पाउँदैन । पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com