२८ पुष २०७४, शुक्रबार
  • मनोज साह,

रौतहट । रौतहटमा केही दिनदेखि चलेको शीतलहर र चिसोका कारण मृत्यु हुनेको संख्या चौध पुगेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी मृत्यु हुनेमा अधिकांश न्यून ज्यालामा काम गर्ने मजदूरहरु रहेका छन् ।

चिसोका कारण मृत्यु हुनेमा यमुनामाई गाउँपालिकाका १ जेठरैया स्थित पाकिजा ईट्टा उद्योगमा काम गर्ने सर्लाही घर भएक नेक महमदसहित परोहा नगरपालिका ९ रामपुरखाप बस्ने मरठिया देवि राउत, परोहा नगरपालिका ९ रामपुरखाप बस्ने नसुरुल्ला खातुन, परोहा न.पा. २ बस्ने शेख समिम , गुजरा नगरपालिका ७ बस्ने फुलकुमारी पासवानको चिसो कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि .राजदेवी नगरपालिका ९ बस्ने अलकप्रसाद सिह, दुर्गाभगवति गाउपालिका ५ बस्ने सकली देवी पासवान, परोहा नगरपालिका ९ बस्ने रामलगन प्रसाद पटेल, गढीमाई नगरपालिका ७ बस्ने भिक्षु ठाकुर हजामको पनि चिसो कारण मृत्ुयु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैगरी गौर नगरपालिका ५ बस्ने बर्ष सिया देवी ठाकुर , माधवनारायण नगरपालिका ४ बस्ने रेखाकुमारी यादव, गढिमाई नगरपालिका ६ बस्ने रामबृष साह, बौधीमाई नगरपालिका १ बस्ने रामचन्द्र प्रसाद साह र माधवनारायण नगरपालिका ७ बस्ने कि धुपली देवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्याल रौतहटले दिएको तथ्याङ्गमा उल्लेख छ । मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV