२८ पुष २०७४, शुक्रबार

आगामी माघ २ गते बिविध कार्यक्रमको आयोजना गरी २० औं भूकम्प सुरक्षा दिवस मनाइने भएको छ ।

शुक्रवार शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलनको आयोजना गरी २०औं भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी गराएको हो । सवल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको वलियो आधार भन्ने मुल नारा सहित यस वर्षको भूकम्प सुरक्षा दिवस मनाउन लागिएको छ ।

नेपाल सरकारका बिभिन्न सरोकारवाला कार्यालयहरु मिलेर मुल समारोह समिति नै बनाएर यस दिवस मनाउन लागेका हुन । भूकम्प सुरक्षा दिवसलाई ठूलो तामझामका साथ सरकारी निकायहरुले मनाउने गरेको भएपनि यस्तो दिवसले सर्वसाधारणमा प्रभाव पार्न सकेको छैन ।

२०७२ मा गएको भूकम्पका कारण भूकम्प पीडितको दर्जा पाएका पीडितहरुले अझै सहज रुपले राहत ऋण पाउन सकेका छैनन् । राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणका सह सचिव यमलाल भुसालले गाँउका निजी आवास निर्माणमा थप सहज बातावरण बनाइएको जानकारी दिनुभयो ।

भूकम्प दिवसको मुल समारोह माघ २ गते २ बजे वसन्तपुरमा हुने भएको छ । जसलाई प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । विक्रम सम्वत १९९० माघ २ गते गउको महाभुकम्पको स्मृतिमा हरेक बर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV