२८ पुष २०७४, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिनाको अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा परे पनि बैंक खुल्ला राख्न बैकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि खुल्ला राख्न निर्देशन दिइको हो ।

अर्थमन्त्रालयले हरेक महिनाको अन्तिम दिन शनिवार वा सार्बजनिक बिदा परे पनि बैंकहरु खुला हुनुपर्ने भन्दै गत असोज १ गते निर्णय गरेको थियो । सोही निर्णयको आधारमा राष्ट्र बैंकले अन्य बैकहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनपछि अब महिनाको अन्तिम दिन सनिवार र सार्वजनिक बिदा परे पनि बैकहरु खुल्ला रहने भएका छन् । अब बैंकहरुले प्रत्येक त्रैमासको अन्तिम साताको २५ गते र त्यसपछिको मसान्तसम्म बिदा परे पनि काउन्टर खोल्नु पर्ने भएको हो ।

बैंकका साथै आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, भन्सार, राष्ट्र बैंक पनि त्यो बेला खुला रहने छन् । राजश्ववापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंक तथा क्लियरिङ हाउस पूर्णकालिन खुला राख्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो । यसको सुरुवात पुस २९ गते शनिवारबाटै हुने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV