ट्रकमा राखेर निराजनले एलिसालाई भगाए !



प्रकाशित मिति : Jan 12, 2018

चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ ।

मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ ।

दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com