२८ पुष २०७४, शुक्रबार

काठमाडौं ।‘समानताका लागि बुलन्द आवाज’ नाराका साथ सगरमाथा आरोहण गर्न कस्सिएका पाँच महिला पत्रकार सोमबार बिहान प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको जिमखानाभित्र थिए । हिमाल चढ्न खोजेका उनीहरू शारीरिक फिटनेसका लागि त्यहाँ पुगेका हुन् ।

पाँच महिला आगामी अप्रिल १ मा सगरमाथा आरोहण गर्दैछन्। त्यसका लागि एक सातादेखि जिमखानामा व्यस्त छन्। बिहानै उठेर दौडिनु, आठै बजे झोलामा २०-२५ केजीको भारी बोकेर क्लब धाउनु, त्यसपछि आर्थिक संकलनका लागि विभिन्न ठाउँतिर दौडनु उनीहरूको दैनिकी बनेको छ। सगरमाथा आरोहण-सपनासँग उनीहरूको साहस, जिद्दी र थोरै पागलपन जोडिएको छ।

हिमाल चढ्ने मानसिक तयारीपछि उनीहरू शारीरिक तयारीमा व्यस्त छन्। आर्थिक संकलनको काम पनि सँगै गरिरहेका छन्।  राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र खेलकुदमन्त्री सबैलाई भेटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV