२८ पुष २०७४, शुक्रबार

एजेन्सी  । नेपालमा अहिले अत्याधिक जाडो बढिहरेको छ । देशभर जाडो गार्दा  मृत्यु हुनेको संख्या बढ्दो रहेको छ । यस्तै संसारकै अति चिसो ठाउँ जहाको तापक्रम -७१ डिग्री रहेको छ । मानब जीवनको कल्पना समेत गर्न मुस्किल रहेको रूसको ओयमयकों गाँउमा ५०० मानिस अहिलेपनि बसोबास गर्दछन् ।

सामान्य अवस्थामा सो स्थानको तापमान -५० डिग्री रहने गरेको छ । यस गाउमा बस्ने मानिसहरु घोडा र हरिणको मासु खाएर बस्ने गर्दछन् । रुसी सरकारले गरेको एक सर्वेक्षणमा सो स्थानका मानिसहरु कुपोषित नभएको पाइएको थियो । प्राय यहाका मानिसहरु कुनैपनि खालका गम्भीर बिमारीको सिकार नभएको पाइएको छ । यदी यहा कसैको मृत्यु भए त्यसलाई गाड्न ३ दिन लाग्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

LIVE TV