२८ पुष २०७४, शुक्रबार

काठमाण्डौं । पूर्वमन्त्री एवं एमाले सांसद लालबाबु पण्डित झाडूसहित काठमाडौंको सरसफाईमा जुटेका छन् ।

लालबाबु पण्डितदेखि काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी, विद्यार्थी नेत्तृ नविना लामा, सुरक्षाकर्मी, विद्यार्थीलगायतले उत्साहपूर्वक बिहीबार बिहानै तीनकुने चोकमा झाडूसहित देखियो । सँधै मान्छेको भिडभाड र कोलाहल हुने काठमाण्डौं कोटेश्वरको सडकमा एकाविहानै एक हुल मान्छे धमाधम सडक सफा गरिरहेको देख्दा वरपरका मान्छे निकै अचम्ममा परे ।

सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर आम नागरिकको नजरमा परेका लालबाबु पण्डितसहितको टोली धमाधम सडकको फोहोर बढार्न जुटिरहेको दृष्य केहिछिन हेरेपछि थप मान्छेहरु सरसफाइमा खटिए ।

यो समूहले बिहानभर कोटेश्वर, माइतिघर मण्डलालगायतका स्थानमा सडक सफा गर्दै हिंड्यो । ‘क्लिन काठमाण्डौं’ अभियान अन्तर्गत बिहीबार बिहान यस्तो सरसर्फा अभियान चलाइएको हो । ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान शुरू गरिएको हो ।

कसले ल्यायो लालबाबुलाई सडकमा ?

बिहीबार काठमाण्डौंका विभिन्न स्थानमा फोहोर सफा गर्दै हिंड्दा धेरैको आँखा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नगरपालिकाका प्रतिनिधि र विद्यार्थी नेताका बढी प¥यो । तर, पर्दा पछाडिका हिरो भने एक विद्यार्थी थिए । अछाम जिल्लास्थित रामारसम गाउँपालिका घर भएका केपी खनालले कक्षा १२ सम्मको अध्ययन कैलालीबाटै पूरा गरे । उनी अहिले नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस पढिरहेका छन् । उनी ‘क्लन काष्ठमण्न्डप’ नामक संस्थाका अध्यक्ष छन् ।

उनै खनालको अगुवाइमा बिहीबार कोटेश्वरदेखि माइतीघर मण्डलासम्म सडक सरसफाइ गरिएको थियो । अयिभानमा साथ दिन बागमती, चक्रपथ र मनहरा सरसफाई अभियानका अभियान्ताहरु समेत साथ दिए । विपन्न परिवारका केपी ०६८ सालमा १२ वर्षको हुँदा ‘गरीब विद्यार्थी बाल क्लब’ मा आवद्ध थिए । बाल क्लबबाट शुरु भएको उनको सामाजिक कार्यको अभियान आजको अवस्थासम्म आइसकेको छ ।

एसईई परीक्षापछि बचेको ३ महिने छुट्टिमा आफूले भारतमा गएर श्रम समेत गरेको उनी बताउँछन् । उनी विभिन्न सामाजिक संघसंस्था एवम् एनजीओहरुमा छन् । उनले टीकापुरको लप्कीचुवा नगरपालिका र धनगढी उपमहानगरपालिकामा समेत सरसफाई अभियान सञ्चालन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV