२७ पुष २०७४, बिहीबार
  • बसन्त खतिवडा,

बारा । काठमाडौंलाई तराईसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई नेपाली सेनाले तीब्रता दिएको छ ।

सरकारले २०७३ पुष ७ गते कार्यदल बनाएर नेपाली सेनालाई फास्ट ट्रयाक निर्माणको जिम्मा दिएसंगै फास्ट ट्रयाक निर्माण कार्यले गति लिएको हो । बाराको निजगढमा जोडिने यस दु्रतमार्गको कामलाई अगाडि बढाउन सेनाले विभिन्न स्थानमा ५ वटा शिविर खडा गरेर रातोदिन खटिन थालेको छ ।

पहिलो चरणमा जिरो प्वाईन्ट मानिएको पूर्व पश्चिम राजमार्गको निजगढ देखि करिब ७ किलोमिटर उत्तर बकैया खोला सम्मको ट्रयाकलाई चौडा बनाउनका लागि तीव्र गतिमा रुख कटान गरी त्यसको व्यवस्थापनमा नेपाली सेना जुटेको छ । ७ किलो मिटर भित्रका करिव एक हजार रुखहरु कटान गरिएको छ भने समग्र दू्रतमार्ग भित्र करिव एक लाखको हाराहारीमा रुख कटान गर्नु पर्ने हुन्छ ।

निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन जिरो प्वाईन्टबाट ४० मिटर चौंडा सडकका ट्रयाकहरुलाई सफा गर्ने, सम्याउने र मोडहरु मिलाउने काम करिब करिब अन्तिम चरणमा पुगेको बताउँदै सहायक रथी भरतबहादुर खड्काले ईञ्जिनियरले गरेको डिजाईन अनुसार कामलाई गति दिइएको जानकारी दिनुभयो ।

कटान क्षेत्रमा बिजुलीको बन्दोबस्त नहुँदा रातको समयमा कार्य गर्न असहयोग पुगेको, काठ दाउरा व्यवस्थापनको झन्झटिलो प्रक्रिया र पुरानौ परम्परागत रुख कटान र व्यवस्थापनको शैलीमा परिवर्तन ल्याउन समेत आवश्यक सहायक रथी खड्काको भनाई छ ।

वन, विद्युत र सञ्चार जस्ता सामग्रीको पहुँच नेपाली सेनाले नपाएकाले काममा अप्ठ्यारो पर्ने भन्दै राज्यका निकायहरु बीच संमन्वय गरी सवैले सहयोग पु¥याउनु पर्ने बताउछन् फास्टट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगाल ।

७६ किलो मिटर लम्वाईको यो द्रूतमार्गको ट्रयाक नेपाली सेनाले नै २०६७ सालमा खोलेको थियो । ट्रयाक निर्माणमा ९४ करोड लागत लागेको द्रूतमार्गको अहिलेको लागत १ सय १२ अर्ब ईष्टिमेट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV