२७ पुष २०७४, बिहीबार

काठमाडौं । स्वर्गिय लक्ष्मीनरायण श्रेष्ठ भलिबल मेमेरियल ट्रष्टले भलिबलका ओपन स्पाईकरद्धय सरस्वती चौधरी र मानवहादुर श्रेष्ठलाई बिहिवार सम्मान गरेको छ ।

एकता दिवसको अवसर पारेर ट्रष्टले राष्ट्रिय खेलाडीद्धय सरस्वती र मानवहादुरलाई नगद १० हजारका दरले सम्मान गरेको छ । उनीहरुलाई ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन,स्वर्गिय लक्ष्मीनारयण श्रेष्ठकी धर्मपत्नी जमुना श्रेष्ठ,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्का, ट्रष्टका अध्यक्ष बिनोदसिंह बस्न्यातलगायतले सम्मान गरेका थिए ।

स्वर्गिय लक्ष्मीनरायण श्रेष्ठ भलिबल मेमेरियल ट्रष्टले खेलाडीद्धयलाई २०७४ मा उत्कृष्ट प्रदर्शन गरे बापत सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV