२७ पुष २०७४, बिहीबार

पर्सा । शीतलहरका कारण पर्साका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।

बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायत समस्या देखिएको छ भने वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या देखिएको छ ।

शीतलहरले भाइरल ज्वरो, कोल्ड डायरिया, रुघा खोकी, ज्वरो, हातखुट्टा दुख्ने, टाउको दुख्ने र श्वासप्रश्वाका बिरामीको संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इमामुल हकले जानकारी दिनु भयो ।

डा. इमामुलका अनुसार अस्पतालमा दैनिक ६ सय जनाको हारहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये, आधाभन्दा बढी चिसोका विरामी रहेका छन् ।

चिसोका कारण बिरामी हुनेको संख्या बढेसँगै ज्यान गुमाउनको संख्या पनि बढिरहेको छ । यस वर्षमा मात्र पर्सामा ४ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रिजन लिम्बुले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV