२७ पुष २०७४, बिहीबार

काठमाडौं । सरकारी तवरबाट गणतन्त्र स्थापनापछि पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । सरकारले सार्वजनिक विदा घोषणा गर्दै २०६२÷६३ को जनआन्दोलनपछि पहिलो पटकयस सरकारी तवरमा यो वर्ष पृथ्वी जयन्ती मनाइएको हो ।

राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको सम्मानमा सरकारले विशेष कार्यक्रम आयोजना गरेको थियो । सरकारको कार्यक्रम अनुसार गणतन्त्र नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीले पहिलो पटक सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भयो ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्ती मनाउने निर्णय गरेसँगै यस वर्ष सरकारले नै विशेष कार्यक्रम आयोजना गरेको हो ।

राष्ट्रपतिसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर सम्मान प्रकट गरेका छन् ।

सरकारले पृथ्वी जयन्ती मनाउने घोषणा गरेसँगै यस वर्ष देश तथा विदेशमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV