२७ पुष २०७४, बिहीबार

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङबजारका विभिन्न ३० स्थानमा सौर्य सडक बत्ती जडान गरीएको छ ।

गाउँपालिकाको केन्द्रकारुपमा रहेको खोटाङबजारलाई रातका समयमा ‘झिलीमिली’ बनाउनका लागि वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत सहभागीतामा सौर्य सडक बत्ती राख्ने काम अघि बढाइएको जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले बताएका छन् ।

वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाबाट साढे १९ लाख बजेट स्वीकृत भएको छ । रातका समयमा आवतजावत गर्ने स्थानीयको सहजता एवं सम्भावित दुर्घटनालाई न्यूनिकरणका लागि सौर्य बत्ती जडानको योजना कार्यान्वयनमा ल्याइएको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV