२७ पुष २०७४, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा लगायत बिभिन्न दलका नेताहरु राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुनु भएको छ ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बिभिन्न राजनीतिक दलहरुलाई निमन्त्रणा गरेर काठमाडौं स्थित पुलिस क्लवमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

उपप्रधानमन्त्री समेत रहेका कमल थापा नेतृत्वको दलले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा सहभागी हुन पुग्नुभएको हो । त्यसैगरी उपप्रधानमन्त्री बिजय कुमार गच्छदार पनि चियापान कार्यक्रममा सरिक हुन भएको थियो ।

गणतन्त्रको स्थापनासँगै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडिएको थियो । देउवा नेतृत्वको सरकारले यस वर्षवाट सरकारी स्तरबाट दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV