२७ पुष २०७४, बिहीबार

काभ्रेपलाञ्चोक ।  सडक क्षमता भन्दा बढी भार बोक्ने, ट्राफिक नियमको उल्लंघन गर्ने र कागतपत्र नविकरण र नक्कली सवारी चालक अनुमतिपत्र बोकेर हिड्ने ट्रिपरले दुर्घटना बढाएपछि काभ्रे प्रहरीले ट्रिपरमाथि निगरानी बढाएको छ ।

दुर्घटनामा ट्रिपरहरुकै मुख्य भुमिका देखिएको भन्दै प्रहरीले दुर्घटना न्यूनीकरण गर्न निगरानी बढाएको हो । ट्रिपरका कारणले समस्या बढेपछि प्रहरीले काभ्रेमा एक्कासि कडाई गरेको छ ।

काभ्रेमा सडक दुर्घटनाको प्रमुख कारक नै ट्रिपर बनेपछि प्रहरीले कडाई थालेको हो । काभ्रेमा दैनिक हजारको हाराहारीमा ट्रिपरहरु दौडने भएपनि प्रहरीले उनीहरुलाई कडाई गरेको थिएन ।

बुधवारदेखि भने ट्रिपरलाई प्रहरीले पूरै कडाई गरेको छ । सडक दुर्घटना अधिकांश रुपमा ट्रिपरकै कारणले बढ्न थालेको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेल र ट्राफिक प्रहरी कार्यालय बनेपाले ट्रिपरलाई कडाई गर्न थालेको छ ।

सडकमा क्षमता भन्दा बढी भार बोक्ने, ट्राफिक नियमको उलंघन गर्ने र कागत पत्र नविकरण नगरी चलाउने लगायतका ट्रिपरहरलाई निगरानीमा राखेर कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जाानकारी दिनुभयो ।

काभ्रे र सिन्धुपाल्चोक जिल्लाका हुने अधिकाशं दुर्घटनामा ट्रिपर नै मूख्य कारण भएपछि प्रहरीले ट्रिपरका कारणले हुने न्यूनीकरण गर्न अभियान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV