२७ पुष २०७४, बिहीबार

केब्स ‘ए’ क्वाटरफाइनलमा

आयोजक केब्स ‘ए’ प्रथम केब्स कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केब्स ‘ए’ ले जेडिएमसीलाई १–० गोलले पराजित ग¥यो । केब्स ‘ए’ संगै टाइम्स, आईडियल ‘ए’ र विट्स एकेडेमी पनि क्वाटरफाइनलमा पुगे ।

टाइम्सले केयू सिटी ‘बी’ लाई टाइब्रेकरमा ३–१, आईडियल ‘ए’ ले लोयल्टी ‘बी’ लाई ३–० तथा विट्सले कोलम्बसलाई २–० गोलले हराए ।

क्वाटरफाइनल केब्स ‘ए’ र जेम्स, टाइम्स र आईडियल ‘बी’, आईडियल ‘ए’ ले इस्ट पोल तथा विट्सले केयू सिटी ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

हरिको ५७३ अंक

नेपाल प्रहरीका हरिबहादुर थापाले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन बिहीबार पुरुष १० मिटर एयर राइफलको ६ सयमा ५७३ अंक जोडेका छन् ।

आर्मीका कृष्ण घोरासैनीले ५७० तथा मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ अंक जोडे ।

उक्त स्पर्धाको महिला ४ सयमा मध्यमाञ्चलकी सिन्दुजा बस्नेत र प्रहरीकी दुर्गा सिन्जालीले समान ३७९–३७९ अंक बटुले । पूर्वाञ्चलकी अमिता श्रेष्ठले ३४३ अंक बटुलिन् ।

पुरुष १० मिटर एयर पेस्तोलको ६ सयमा विष्णुकुमार विश्वा मगरले ५३३, पूर्वाञ्चलका राजु थापाले ५१७ र आर्मीका रामलाल गुरुङले ५१२ को प्रदर्शन गरे ।

सोही स्पर्धाको महिला ४ सय पूर्णाङमा प्रहरीकी सविता बस्नेतले ३५७, आर्मीकी सुनीता महर्जनले ३४५ र सुदूरपश्चिमाञ्चलकी सावित्रा बोहराले ३२१ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV