२७ पुष २०७४, बिहीबार

नागरिक स्तरबाट बचाइएको पृथ्बीनारायण शाहको योगदानको सम्मानलाई सरकारले पनि फर्किएर सम्झ्यो

इतिहासलाई कसैले पनि चाहेर मेट्न सक्दैन । यही सत्यको वकालत गरेको छ पुष सत्ताइसले । छरिएर रहेको नेपाललाई एक शुत्रमा उनेर अंग्रेज साम्राज्यको जालोबाट बचाउने उनै नायक पृथ्बीनारायण शाहको योगदानलाई राजनीतिक चश्मा लाएर हेर्ने दुष्प्रयास पनि भए गरिए ।

तर सत्य कहाँ मेटिन्छ र । आखिरी पृथ्बीनारायणको योगदान यो देशले ढिलो छिटो स्वीकार्दा पुष सत्ताईसमा मनाइने उनको जन्मजयन्ति उही हर्षमा फर्किएको छ । यो मुलुकको एकताको उनै मियो पृथ्बीनारायणलाई लामो समय राज्यपक्षले विर्सने र भुल्ने प्रयास गरेपनि नागरिक स्तरबाट उनको योगदानलाई भने कसैले विर्सन सकेन ।

फलत पुनः सरकारले पनि राज्य स्तरबाट नै पृथ्बीनारायणलाई सम्झनु पर्ने सत्य र बोधलाई स्वीकारेको छ । यही क्रममा बिहीबार मुलुकभर पृथ्वीनारायण शाहको २९६ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष हर्ष र श्रद्धाका साथ मनाइयो ।

२० बर्षको उमेरमै राजगद्दी सम्हालेका पृथ्वीनारायण शाहलाई जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएकोमा सम्मान स्वरूप राष्ट्रिय एकताका धरोहरको रूपमा लिईन्छ । विक्रम संवत १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्बीनारायणले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

उनले विश्वलाई नै आप्mनो मुठ्ठीमा कैद गरेका विशाल अंग्रेज साम्राज्यलाई पनि नेपाल प्रवेश गर्न नदिने सफल रणनीति अपनाएका छन् । उनको योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२्÷२०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।

सरकारले यस पटक भने सार्वजनिक बिदा दिएरै पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाएको छ । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अभियन्ता भरत बस्नेतले पृथ्बीनारायणले यो मुलुकको एकीकरणमा दिएको योगदान पृथ्बी रहेसम्म विर्सन नसकिने बताउनुभयो ।

पृथ्बीनारायणले नेपाललाई एक मात्र बनाएनन । उनले यो मानचित्र भित्र अँटेका नेपालीहरुलाई पनि एक शुत्रमा उनेर छाडेका थिए । उनले आज भन्दा साढे दुई बर्ष अघि राज्य सञ्चालनका लागि दिएको उपदेश अझै पनि दिव्योपदेशको नाममा अंगिकार गर्न योग्य छ ।

उनको दिव्योपदेशले पनि पृथ्बीनारायण शाह कति दुरदृष्टि राख्ने राजा थिए भन्ने बुझ्न कठिन पर्दैन । बस अब आम नेपालीले पृथ्बीनारायण शाहको दिव्योपदेशलाई सच्चारुपमा व्यवहारमा उतारे उनले गरेको एकीकरणले थप सार्थकता पाउने छ नै ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV