२७ पुष २०७४, बिहीबार

विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ ।

अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ ।

अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै सोही कलेजका खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय जरिवाना हुने फैसलामा उल्लेख गरिएको छ ।

प्रश्नपत्र आउट गराउने कार्यका संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद ३४ लाख, धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ ला, जिवछ यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैलसा सुनाएको छ । यस्तै सो प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई भने अदालतले सफाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV