२७ पुष २०७४, बिहीबार

काठमाडौं । नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को भोली जनवरी १२ मा हुने निर्वाचनमा आफू पदको लागि नभई ट्राभल व्यवसायीहरुको सेवा गर्नको लागि नाट्टा जान लागेको युवा पर्यटन व्यवासयी सुरेन्द्र भट्टराईले बताएका छन् ।

सिएन पाण्डे समूहबाट सह–कोषाध्यक्षका प्रत्यासीका रुपमा रहेका भट्टराईले व्यवसायिक हक अधिकार सुनिश्चिततासँगै आर्थिक पारदर्शीतालाई आफ्नो मुख्य एजेण्डा बनाएका भट्टराईले नाट्टालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आफूले उम्मेद्धारी दिएको बताएका छन् ।

एक दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल युवा व्यवसायी भट्टराई ठमेलस्थित वैशाली टुर्स एण्ड ट्राभलका निर्देशक हुन् । उनी पर्यटन क्षेत्रमा सशक्त र जुझारु युवा पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् ।

आफ्नो व्यवसायको अलावा उहाँ विभिन्न सामाजिक संस्थामा रहेर सामाजिक उत्थानमा समेत समर्पित रहँदै आएका छन् । नाट्टामा गएर विशुद्ध व्यवसायिक पक्षमा आवाज बुलन्द गर्नका लागि आफू उम्मेद्धार बनेको भन्दै उनले नाट्टा सम्बद्ध अग्रज तथा व्यवसायीहरुलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV