२७ पुष २०७४, बिहीबार

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका( ६ का वडा कार्यालयमा स्थानीयबासीले ताला लगाएका छन् । राहत वितरणमा केही जनप्रतिनिधिले धाँधली गरेको भन्दै बाँकी जनप्रतिनिधि र गाउँलेहरूले वडा कार्यालयमा ताला लगाएका हुन्।

प्रहरी, प्रशासन, दैवीप्रकोप उद्धार समिति, रेडक्रसलगायत जिम्मेवार निकायबाट संकलित नामअनुसार यसअघि राहत पाउँदै आएका व्यक्तिको नाम केरमेट गरी नयाँ नाम थपेर राहत बाँडेपछि उत्पन्न विवादले चर्को रूप लिएको हो। तालाबन्दीमा सबैजसो पार्टीका प्रतिनिधि तथा वडा सदस्य समेत संलग्न छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV