२७ पुष २०७४, बिहीबार

चितवन ।  चितवनको भरतपुर महानगरपालिका  गौरीगञ्जमा आगोताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन् । स्थानीय ९१ वर्षीया नन्दकुमारी पौडेल आगोले जलेर गम्भीर भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार आफ्नै घर अगाडि जाडो छल्न आगो ताप्ने क्रममा पौडेललाई एक्कासि आगो सल्किएको थियो । उनको शरीरका विभिन्न भागमा आगोले जलेको छ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जाडोका कारण स्थानीय चितवनका विभिन्न क्षेत्रको चोक चौतारो र घर आँगनमा आगो बालेर ताप्ने गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले यसरी आगो ताप्दा ज्यान कै जोखिम हुने र आगलागीसमेत हुनसक्ने भएकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV