२७ पुष २०७४, बिहीबार

सरकारले बाढीपहिरो तथा शीतलहरबाट प्रभावित नागरिकलाई लत्ताकपडा खरिद तथा घर मर्मतका लगि १ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

बाढीपहिरो, डुवान, शीतलहर र चीसो प्रभावितका लागि प्रतिपरिवार लत्ताकपडा किन्न १० हजार र घर मर्मत गर्न १५ हजार रुपैयाँका दरले रकम निकासा गरेको हो । त्यसैगरी शीतलहरप्रभावित २२ जिल्लाका नागरिकलाई दाउरा किन्न २ करोड २० लाख विनियोजन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गत कात्तिक २७ गते नै बाढीपहिरोपीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV