२७ पुष २०७४, बिहीबार

पोखरा । मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चलाकलाई पक्राउ गरेपछि पोखराका ट्याक्सी व्यवसायी आन्दोलित छन् । ट्याक्सी चालक पक्राउको विरोधलाई पोखराका बस व्यवसायीले पनि सर्मथन गर्दै सवारी चलाएका छैनन् ।

बस व्यवसायीले आज बिहीबार बाट सवारी थन्क्याएका हुन्। व्यवसायीले सवारी नचलाउँदा सार्वजनिक सवारीको भर पर्दै आएका यात्रु मारमा परेका छन् ।बुधबार उनीहरुले पृथ्बीचोकमा ट्याक्सी जाम गरेर विरोध प्रदर्शन गरेका थिए । ट्याक्सी व्यवसायीको माग जायज भएको भन्दै जिल्लाका सबै ८ वटै व्यवसायीले बिहीबार सवारी साधन थन्क्याएका हुन् ।

व्यवसायीले सवारी नचलाउँदा बिहानैदेखि कास्कीको सवारी आवागमन प्रभावित भएको छ । पोखरासँगै जिल्लाका कुनै पनि स्थानमा सार्वजनिक सवारी चलेका छैनन् । व्यवसायीको विरोधले पोखराबाट अन्यत्र जाने र कास्की भित्रिने यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV